परियत्ति शिक्षाका लागि काठमाडौँ महानगरबाट २३ लाखको अनुदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षाका लागि आर्थिक सहयोग गरेको छ ।
सो शिक्षाका लागि पाठ्यसामग्री छपाई, दिक्षान्त समारोह, नैतिक आचरण शिक्षाका लागि गरिने विभिन्न कार्यक्रमलगायतका शिर्षकमा खर्च गर्नेगरी महानगरपालिकाले २३ लाख ६५ हजार आर्थिक सहयोग गरेको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज सो रकमको चेक हन्तान्तरण गर्दै बौद्ध परियत्ति शिक्षाका लागि आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
‘काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षका लागि महानगर क्षेत्र भित्रका सामूदायिक विद्यालयको स्तरोन्नतिका लागि मात्रै १३ करोड बजेट विनियोजन गरेको छ,’ मेयर शाक्यले भने, ‘सामूदायिक विद्यालय हाताभित्र वृक्षारोपण गर्ने, खेल मैदान निर्माण गर्ने, रंगरोगन गर्ने, सौचालय र खानेपानीको व्यवस्थापन गर्नेलगायतमा सो रकम खर्च गरिने छ ।’
मेयर शाक्यले सामूदायिक विद्यालयको स्तरोन्नतिका लागि महानगरपालिकाले विभिन्न योजना बनाएसँगै नेपाल बौद्ध परियत्ति शिक्षाका लागि पनि यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
उनले महानगरपालिकाले गरेको आर्थिक सहयोगको सदुपयोग हुनेमा आफू आशावादी रहेको पनि प्रष्ट पारे ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष समेत रहनु भएका नेपाल बौद्ध परियत्ति शिक्षाका शिक्षाध्यक्ष भिक्षु मैत्री महास्थविरले महानगरपालिकाले गरेको आर्थिक सहयोग सरकारी तहबाट अहिलेसम्म प्राप्त भएको सबै ठूलो राशीको भएको भन्दै परियत्ति शिक्षाका लागि थप ऊर्जा प्राप्त भएको बताए ।
‘स्थापनाको करीब ५६ वर्षपछि हामीलाई काठमाडौँ महानगरपालिकाले यति ठूलो आर्थिक सहयोग गरेर हामीलाई निकै ठूलो गुण लगाएको छ,’ महास्थविरले भने, ‘यो आर्थिक सहयोगले महानगरपालिका क्षेत्र भित्र रहेका २० ओटा केन्द्र मात्र होइन मुलुकभरी नै रहेका हाम्रा १ सय १५ बढी केन्द्रमै परियत्ति शिक्षालाई थप प्रभावकारी बनाउन लाग्ने छौँ ।’
उनले हरेक वर्ष परियत्ति शिक्षाका लागि पाँच हजार बढीले आवेदन दिने गरेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको निलम्बन फुकुवा
-
ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा
-
एप्पले किन्यो फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार
-
मन्त्रालयको सङ्ख्या बढाएर मन्त्री आलेमगरको जिम्मेवारी तोकिने
-
यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार
-
गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीप पक्षको आग्रह