उत्कृष्ट फोटोहरुको पुस्तक सार्वजनिक
काठमाडौँ । ‘ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५’ बाट उत्कृष्ट छानिएका फोटोहरुको पुस्तक सार्वजनिक गरिएको छ ।
फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट – ५’ नाम दिइएको उक्त पुस्तक आइतबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।
पुस्तकमा ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट छानिएका फोटोहरु समावेश गरिएको छ । त्यस्तै क्लबले ‘नेपाल फोटो कन्टेस्ट २०७६’ को घोषणा समेत गरेको छ ।
कार्यक्रममा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले खिचेको फोटो अपलोड गरी प्रतियोगिताको उद्घाटन गरे ।
फोटो पुस्तकले भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास समेत गरिएको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष विकास कार्कीले कुनैपनि नेपालीले नेपाल भित्रै खिचेको फोटो अपलोड गरेर सहभागिता जनाउन सकिने बताए ।
अध्यक्ष कार्कीले प्रतिस्पर्धीले आफूले खिचेको फोटो क्लबको आधिकारीक साइट ‘एनपीसी डट फोटोनेपाल डट ट्राभल’मा अपलोड गर्न सकिने बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुनेले एक लाख रुपैयाँ पुरस्कार जित्ने र अन्य तीन उत्कृष्टलाई ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण