गर्भवतीका घरमा निमन्त्रणा
जुम्ला । चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’वितरण कार्य शुरु गरेको छ ।
नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन भन्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिनथालेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए ।
गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थप उत्तरदायी बनाउनका लागि निमन्त्रणा कार्ड नै बनाएर वितरण गर्न शुरु गरिएको महतले जानकारी दिए ।
समयमै गर्भ जाँच गराउने, घरमै सुत्केरी हुने दर घटाउने, आमा तथा बालबालिकाको स्वास्थ्य ग्यारेण्टी गर्ने उद्देश्यका साथ गर्भवतीलाई निमन्त्रणा कार्ड प्रदान गरिएको हो ।
नगरपालिका क्षेत्रभित्रका सबै गर्भवतीका घरमै पुगेर कार्ड वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार निमन्त्रणा कार्डले गर्भवती र तिनका अभिभावकलाई समयमै जाँच गराउन तथा सुत्केरी गराउन स्वास्थ्य संस्थामै लैजान दबाब पुग्नेछ ।
स्वास्थ्य निरीक्षक महतका अनुसार पहिलो चरणमा नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का ९५ गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको छ ।
निमन्त्रणा कार्डमा एकातिर गर्भवतीको नाम, ठेगाना र सुत्केरी हुने समय उल्लेख गरिएको छ भने अर्कोतिर गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, अपनाउनुपर्ने सावधानी तथा पोषणयुक्त खानाबारे उललेख गरिएको महतले बताए ।
नगरपालिकाका प्रायः गरी अस्पतालमा बच्चा जन्माउने गर्ने तर पनि छुट नहोस् र शत प्रतिशत आमा र बालाबालिकाको जीवन सुरक्षा होस् भन्ने उद्देश्यका साथ अभियान थालिएको नगर उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकाले प्रायः गर्भवती सुत्केरीका लागि आउने गर्छन् । कोही नछुटन भन्ने उद्देश्यले थप दबाब र जानकारी कार्यक्रम अगाडि बढाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण