बौद्धमा प्रहरीले नष्ट गर्यो ७ हजार लिटर मदिरा (फोटोफिचर)
काठमाडौं । काठमाडौको बौद्धमा प्रहरीले तयारी १५ सय लिटर र कच्चा पदार्थ ५५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । मंगलबार बौद्धस्थित नागेश्वर गल्ली एरियामा अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा सो मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ प्रहरी नायव उपरिक्षक रमेशबहादुर सिंह समेत ४० जनाको प्रहरी टोलीले तयारी मदिरा तथा सोको लागि आवाश्यक कच्चा पदार्थ फेला पारी सोही स्थानमा वडा प्रतिनिधि र स्थानीय बासिन्दाहरुको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ ।
मदिरा बनाउन प्रयोग गरिने प्लाष्टिक ड्रम ६३ थान, ग्यास सिलिण्डर ४ थान, प्लाष्टिक सानो ड्रम ७ थान, तामाको ठुलो पाईप ३ थान र तामाको सानो पाईप ३ थान बरामद गरी महानगरीय प्रहरी विट, जम्मुडाँडामा राखिएको र अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण