आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बौद्धमा प्रहरीले नष्ट गर्‍यो ७ हजार लिटर मदिरा (फोटोफिचर)

मङ्गलबार, २२ पुस २०७६, १८ : ०५
मङ्गलबार, २२ पुस २०७६

काठमाडौं । काठमाडौको बौद्धमा प्रहरीले तयारी १५ सय लिटर र कच्चा पदार्थ ५५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । मंगलबार बौद्धस्थित नागेश्वर गल्ली एरियामा अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा सो मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । 

सूचना प्राप्त हुनासाथ प्रहरी नायव उपरिक्षक रमेशबहादुर सिंह समेत ४० जनाको प्रहरी टोलीले तयारी मदिरा तथा सोको लागि आवाश्यक कच्चा पदार्थ फेला पारी सोही स्थानमा वडा प्रतिनिधि र स्थानीय बासिन्दाहरुको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ ।

मदिरा बनाउन प्रयोग गरिने प्लाष्टिक ड्रम ६३ थान, ग्यास सिलिण्डर ४ थान, प्लाष्टिक सानो ड्रम ७ थान, तामाको ठुलो पाईप ३ थान र तामाको सानो पाईप ३ थान बरामद गरी महानगरीय प्रहरी विट, जम्मुडाँडामा राखिएको र अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप