दुर्घटनामा दुई जनाको मृत्यु
सप्तरीको छुटाछुटै ठाउँमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बलानबिहुल गाउँपालिका¬–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
स८प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीकै कञ्चनपुर नागरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बदगामा नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको हाल नाम, थर, वतन खुल्न नसकेको र ठक्कर दिने सवारी साधनको खोजी कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण