आफूलाई आनन्द, अर्कालाई अमिलो : खतिवडा अब अमेरिकाका लागि राजदूत ?
गत शुक्राबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहो-याउने, मापदण्ड बनाइयो । त्यो अर्थमन्त्री युवराज खतिवडालाई पुनः संसद हुनबाट सदाका लागि पन्छाउने रणनीति बमोजिम आएको थियो ।
अब राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि खतिवडा नपर्ने पक्का भयो । गत वर्ष अर्थमन्त्रीको सर्वाधिक आलोचना हुँदा खतिवडाले प्रधानमन्त्रीसमक्ष राष्ट्रियसभाको दुई वर्षको कार्यकालपछि आफूलाई अमेरिकाको राजदूत बनाइदिए चित्त बुझाउने आशय व्यक्त गरेको बताइन्छ । हुन पनि यता खतिवडाले त्यसो भन्नु र उता राजदूत डा. अर्जुन कार्कीलाई कार्यकाल सकिए पनि अर्को आदेश नभएसम्मका लागि थमौति गरिनुले शंका गर्नेलाई बल पुग्यो ।
खतिवडाका समकालीन पूर्व अर्थशास्त्रीहरु ‘नानीदेखि लागेको बानी’ भनेझै उनी जति ठूलो पदमा पुगेपनि रुचिचाहिँ राष्ट्र बैङ्कप्रति नै देखिएको बताउँछन् । यसबीच उनले अर्थमन्त्रीभन्दा पनि बढी वरिष्ठ गभर्नरको हैसियतले केन्द्रिय बैंकको माइक्रोमेनेजमेन्ट गरेको विभिन्न घटनाले पुष्टी गरेको छ । दौतरी भन्छन्, ‘उनी मुलतः मौद्रिक अर्थशास्त्री हुन् ।
तर, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सामान्यतः सरकारी वित्त अर्थशास्त्रीलाई नियुक्त गर्दा राम्रो हुने पक्षलाई प्रधानमन्त्रीले बिर्सिदिए । यसकारण पनि खतिवडाले एक पछि अर्को ठूलो पद पाउँदै जाँदासमेत आफूलाई राष्ट्र बैङ्कको धङधङीबाट मुक्त राख्न सकेनन् ।’
यो समाचार आजको जनआस्थामा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण