फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
सारांश
- फ्रान्स र इङ्गल्याण्डबीचको फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
- फ्रान्सले किलियन एम्बाप्पे, माइकल ओलिसे, र डेसिरे डोउको अग्रपंक्तिसहित टोली मैदानमा उतार्ने भएको छ ।
- इङ्गल्याण्डले इभान टोनी, मार्कस रासफोर्ड, मोर्गन रोजर्स, र बुकायो साका सम्मिलित आक्रामक टोली घोषणा गरेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि आज बिहान २ः४५ बजे सुरु हुन लागेको फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको आधिकारिक सुरुवाती ११ सार्वजनिक भएको छ । सेमिफाइनलको निराशालाई बिर्सेर प्रतिष्ठाको यो खेल जित्ने लक्ष्यका साथ दुवै टोलीले आफ्ना मुख्य खेलाडीहरूलाई मैदानमा उतारेका छन् ।
फ्रान्सले आजको खेलमा आक्रामक संरचनासहित टोली मैदानमा उतार्ने भएको छ । फ्रान्सेली टोलीको अग्रपंक्तिको नेतृत्व स्टार फरवार्ड किलियन एम्बाप्पेले गर्नेछन् भने उनलाई माइकल ओलिसे र डेसिरे डोउले आक्रमणमा साथ दिनेछन्। मिडफिल्डको कमाण्ड युवा प्रतिभा वारेन जाइरे–इम्री, रायन चेर्की र अनुभवी एड्रियन राबियोटको काँधमा सुम्पिएको छ। त्यसैगरी, रक्षापंक्तिमा मालो गुस्टो, इब्राहिमा कोनाटे, म्याक्सेन्स लाक्रोइक्स र थियो हर्नान्डेज रहनेछन् भने गोलपोस्टको जिम्मेवारी माइक मेन्यानले सम्हाल्नेछन्।
अर्कोतर्फ, इङ्गल्याण्डले पनि आक्रामक रणनीतिसहित आफ्नो टोली घोषणा गरेको छ। इङ्गल्याण्डका लागि मुख्य स्ट्राइकरको रूपमा इभान टोनीले सुरुवाती अवसर पाएका छन्, जसलाई आक्रमणमा मार्कस रासफोर्ड, मोर्गन रोजर्स र बुकायो साकाले सहयोग गर्नेछन्। मिडफिल्डको रक्षात्मक र रचनात्मक भूमिकामा डिक्लान राइस र एबेरेची एजे देखा पर्नेछन् । रक्षापंक्तिमा जेड स्पेन्स, मार्क गुएही, एज्री कोन्सा र जारेल क्वान्सा रहनेछन् भने गोलकिपरको रूपमा डिन हेन्डरसनले सुरुवाती ११ मा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण