सूचनाप्रविधि विद्येयक : बैंकहरुको पनि असन्तुष्टि
पछिल्लो समयमा विवादित बन्न पुगेको सूचनाप्रविधिसम्बन्धी विधेयकप्रति बैंकिङ क्षेत्रले पनि असहमति व्यक्त गर्न थालेको छ ।
आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रवधान रहेको भनी आलोचित यस विधेयकका केही दफाले बैंकिङ क्षेत्रलाई समेत गम्भीर प्रभाव पर्ने बताउँदै नेपाल बैंकर्स संघले अहिले उक्त विधेयकमार्फत बैंकिङ क्षेत्रलाई पर्ने असरका विषयमा आन्तरिक अध्ययन गरिरहेको छ ।
संघका अनुसार विधेयकको दफा ६८ र ८१ ले बैंकिङ क्षेत्रलाई अप्ठ्यरो पार्ने देखिन्छ ।
विधेयकको दफा ६८ मा विद्युतीय रुपमा गरेका सूचनाको आदानप्रदान, प्रशोधन तथा संचय गर्दा सम्बद्ध संस्थाले त्यसको गोपनियता कायम गर्नुपर्ने व्यवस्था छ ।
सोही दफाको उपदफा ३ मा सरकारी, सार्वजनिक, वित्तीय तथा स्वास्थ्यसम्बी निकायले तोकिएको विवरण विद्युतीय माध्यममा राख्दा नेपालबाहिर नजानेगरी सुरक्षित राख्नुपर्ने उल्लेख छ । बैंकहरुले विशेषगरी सोही दफामा नै असन्तुष्टि जनाएका हुन् ।
यो समाचार आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण