संकटाको सानदार जित
काठमाडौं। संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले विभागीय टोली एपीएफ क्लबलाई ४–२ गोलले हरायो । संकटाको जितमा विदेशी खेलाडी अजयी मार्टिनले दुई गोल गरे । लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरेका थिए । एपीएफका नविन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए ।
लक्ष्मण रुचालले १९औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए । त्यसपछि कर्ण लिम्बुले ४४औं मिनेटमा दोस्रो गोल गरे । अजयीले ५३औं र ८८औं मिनेटमा गोल गरेका थिए । अजयी म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
संकटाको तुलनामा केही कमजोर देखिएको एपीएफका लागि नविन लामाले ५६औं र आशिष लामाले ७२औं मिनेटमा गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । लिगमा संकटाको यो दोस्रो जित हो । जितसँगै पाँच खेलबाट सात अंक बनाएको संकटा सातौं स्थानमा छ ।समान खेलबाट चार अंक बनाएको एपीएफ ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण