राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलिया सरकार र नागरिकप्रति सहानुभूति प्रकट
शुक्रबार, २५ पुस २०७६, २२ : २५
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिप्रति त्यहाँको सरकार र नागरिकमा गहिरो समवेदना तथा साहनुभूति प्रकट गरेकी छिन् ।
अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्ररेलाई आज समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले त्यहाँको सरकार र जनताको सामूहिक प्रयासबाट आगलागी नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । डढेलोबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनाका साथै तथा व्यापक सम्पत्ति क्षति भएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण