पाकिस्तानको मस्जिदमा ठूलो विस्फोट, डीएसपीसहित १४को मृत्यु
शनिबार, २६ पुस २०७६, ०७ : ३६
पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् ।
आक्रमणमा केटा सहरको डीएसपी अमानुल्लाह पनि मारिए । सहरको सिभिल हस्पिटलका एक प्रवक्ताका अनुसार घाइतेमध्ये कैयौंको अवस्था गम्भिर छ ।
पाकिस्तानी सेनाका प्रवक्ताको ट्वीटर ह्याण्डलका अनुसार सुरक्षाबलले बम विस्फोट भएको स्थानको चारैतर्फ घेरेको र सेनाले प्रहरीसँग मिलेर खान तलाशी अभियान चलाइरहेको बताएको छ ।
पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाकाले बम विस्फोटबारे बोल्दै भने , प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मदतभएको छ । जसले मस्जिदमा निर्दोस मानिसलाई निशाना बनाए, ती सच्चा मुसलमान हुन सक्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
-
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू
-
‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै
-
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने
-
महाङ्कालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
-
अन्तिम खेलमा नेपालको शानदार प्रदर्शन, सान्त्वना जित