पाकिस्तानको मस्जिदमा ठूलो विस्फोट, डीएसपीसहित १४को मृत्यु
शनिबार, २६ पुस २०७६, ०७ : ३६
पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् ।
आक्रमणमा केटा सहरको डीएसपी अमानुल्लाह पनि मारिए । सहरको सिभिल हस्पिटलका एक प्रवक्ताका अनुसार घाइतेमध्ये कैयौंको अवस्था गम्भिर छ ।
पाकिस्तानी सेनाका प्रवक्ताको ट्वीटर ह्याण्डलका अनुसार सुरक्षाबलले बम विस्फोट भएको स्थानको चारैतर्फ घेरेको र सेनाले प्रहरीसँग मिलेर खान तलाशी अभियान चलाइरहेको बताएको छ ।
पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाकाले बम विस्फोटबारे बोल्दै भने , प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मदतभएको छ । जसले मस्जिदमा निर्दोस मानिसलाई निशाना बनाए, ती सच्चा मुसलमान हुन सक्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण