आफैलाई कन्चटमा गोली हानेर प्रहरी हबल्दारले गरे आत्महत्या
आइतबार, २७ पुस २०७६, १० : २५
जाजरकोट : जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
आइतबार बिहान ७ बजेतिर उनले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायत चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत थिए ।
घुमुवा प्रहरीको रुपमा कार्यरत ३५ वर्षीय कठायतले किन आत्महत्या गरे भन्नेबारे केही खुलेको छैन । घटनाबारे छानविन गर्न टोली परिचालन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण