बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिसेज ब्यूटी क्वीन नेपाल २०२०’ ले देखाए ट्यालेन्ट

आइतबार, २७ पुस २०७६, १२ : ५८
आइतबार, २७ पुस २०७६

काठमाडौं । सिजन मिडिया आयोजना रहेको लेट मिइन मिसेज व्यूटी क्वीन नेपाल २०२०का १६ प्रतियोगीले आआफ्नो आन्तरिक प्रतिभा प्रर्दशन गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले  नृत्य, गायन, नाटक, मुक्तक, कवितालगायत आफुमा रहेको बिभिन्न क्षेमता देखाएका थिए, भने केही प्रतियोगिले समसामाहिक बिषयमा आ आफ्नो बिचार समेत रोखेका थिए । 

प्रतियोगितामा सन्तोषी शाही, समिसा गिरी, रीता कार्की, सृजना गौतम, अमिता अमात्य, रस्मीला शाही, दीपा ढुङ्गाना र सुहाना अर्याल, सविता सर्मा, सुम्निमा चौधरी , सिता अर्चना पौड्याल र उर्मिला खत्री, सृजना पनेरु, सरिता कर्णविहारी, देवकला पुन र रन्जना निरौला रहेका छन् । 

ट्यालेन्ट राउण्डको निर्णायकमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, गायिका विष्णुमाया पौडेल र जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए । 

प्रतियोगिताको अन्तिम स्पर्धा माघ ३ गते राष्ट्रिय नाचघर जमलमा हआयोजना हुनेछ । प्रगियोगिताको बिर्ष बिजेताले  ‘लेट मिइन मिसेस व्यूटी क्वीन नेपाल २०२०’को उपाधि सहित टिभिएस स्कुटर, इन्डोनेसियाको वाली भ्रमणको लागि ३ जना हवाई टिकट र विभिन्न घरयसी समान उपहार जित्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप