राप्ती समाज जापानको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम
जापान । राप्ती समाज जापानले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र सशक्त बनाउन प्रवर्द्धनात्मक अभियानको थालनी गरेको छ। बिभिन्न अध्ययन,पेशा र ब्यवसायमा जापानमा रहेका राप्तीबासीहरुले बढी भन्दा बढी जापानिजहरु नेपाल भित्र्याउने उद्देश्यका साथ जापानको मुख्य सहर टोक्यो, ब्यस्त स्टेशन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट प्रर्दशन गरेका छन् ।
जापानमा विश्भवरीका मान्छेहरु बिभिन्न माध्यमबाट आउने जाने गर्ने र जापानमै बस्ने अन्य देशहरुका मान्छेहरुलाई पनि बुझ्न सजिलो होस् र सबैमा प्रचार गर्न सकियोस् भन्ने उद्देश्यका साथ नेपाली, जापानिज र अड्ग्रेजी भाषामा भिजिट नेपाल २०२० लेखेर छापिएको टिर्सट प्रदर्शनीमा ल्याइएको हो ।
समाजले भर्खरै मात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियान्ता विशेश्वर रेग्मीको नेतृत्मावमा टोक्योमा प्रत्यक बर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण बर्ष २०२० को बुथ नै राखेर प्रचार प्रसार गरिएको थियो ।
कार्यक्रममा नेपाली मौलिक पोषाकहरु, नेपालका मनमोहक पर्यन स्थलहरुको श्रब्य दृश्य प्रदर्शन गर्नुका साथै पर्यटन बर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गराइएको थियो । पर्यटकीय स्थलको श्रव्य दृष्य सामग्री, टिर्सट र पोष्टरहरुले जापानिजहरुलाई ध्यानाकर्षण गरेको थियो भने कितपय जापानिजहरु आफ्नो चासो र भावी यात्राको तय गर्न पदाधिकारीहरु सँग आफ्नो कौतुहलता मेटाउन ब्यस्त देखिन्थे ।
गत बर्ष देखि नेपाल वायु सेवा निगमले पनि ओसाका काठमाण्डौ सिधा उडान शुरु गरेको र यसै बर्ष देखि नारिता देखि टोक्यो र काठमाण्डौ सिधा उडानको शुरुवात गर्ने घोषणा गरिसकेकोले नेपाल पर्यटनको जापानी बजारमा यसले राम्रो प्रभाव पार्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण