शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

होटल सञ्चालकसहित एक जोडी प्रहरीको फन्दामा

आइतबार, २७ पुस २०७६, १५ : ३६
आइतबार, २७ पुस २०७६

काठमाडौँ । होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडीलाई धनुषा प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको छ । 

 धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित पेपरमिल रोडमा सन्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छापा मारी प्रहरीले  गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । 
यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने  गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ भने पक्राउमा परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप