खुला राष्ट्रिय महिला भलिबलमा एपीएफ च्याम्पियन
काठमाडौं । तेस्रो होङ्गान्जी न्युडायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आइतवार भएको फाइनल खेलमा एपीएफले आयोजक न्युडायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
एपिएफले न्युडायमण्डमाथी २५–२०,२५–२३,२५–१८ को सहज जित निकाल्यो । गोंगबु नयाँ बसपार्क स्थित ढोरपाटन क्लबको कार्टमा सम्पन्न फाईनल खेलमा एपीएफकी सरस्वती चौधरी र न्यु डायमण्डकी प्रतिभा मालीले समान २६÷२६ अंकको योगदान दिएका थिए ।
प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद २१ हजार १ सय १ रुपैया प्राप्त गरिन् । विधातर्फ बेष्ट स्पाइकरको उपाधि न्युडायमण्डकी प्रतिभा मालीले जितिन,बेष्ट सेटर न्युडायमण्डकी अरुणा शाहि चुनिदा डायमण्डकै सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारिन् । पुलिसकी कोपीला रानाले बेष्ट क्विईकरको उपाधि जितिन् । सरस्वती चौधरीले बेष्ट सर्भरको उपाधि पनि जितिन् । एपीएफकी हिरा केसी बेष्ट ब्लकर चुनिदा एपीएफकै महेशबहादुर चौधरी बेष्ट कोच भए । बिधागततर्फ उत्कृष्ट भएका सबैले जनही ७ हजार १ सय १ रुपैयाँ हात पारे ।
होङ्गान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजकमा संचालन भएको प्रतियोगिताको उपाधि विजेता एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्दा उपबिजेता आयोजक न्युडायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ गर्यो । तेस्रो हुन पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया हात पार्दा चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण