आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिनाको गीत ‘चमेली’ सार्वजनिक

आइतबार, २७ पुस २०७६, १७ : १८
आइतबार, २७ पुस २०७६

काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘चमेली’ सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार भएको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

मुनाल शिशिर कोइरालाको निर्देशक रहेको भिडियोमा पुजन घिमिरे र बरुणको अभिनय देख्न सकिन्छ । भिडियोमा मोडल पुजन घिमिरेलाई नेपाली चोली र फरियामा आकर्षक श्रृगार सहित उतारिएको छ । गीतमा बालकलाकार ओजस्वी दुलालको समेत अभिनय रहेको छ ।

गीतमा शब्द तथा संगीत राजकुमार श्रेष्ठ र एरेन्ज पुष्कर सुनवारको रहेको छ । गीतमार्फत गीतकार श्रेष्ठले एउटा गाउँकी केटीको चन्चले पनको वर्णन गरेका छन् । भिडियोमा भने सुजन श्रेष्ठको छायाँकन र अर्जुन पोखरेलको सम्पादन छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप