मेलिनाको गीत ‘चमेली’ सार्वजनिक
आइतबार, २७ पुस २०७६, १७ : १८
काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘चमेली’ सार्वजनिक भएको छ । लोकपप शैलीमा तयार भएको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।
मुनाल शिशिर कोइरालाको निर्देशक रहेको भिडियोमा पुजन घिमिरे र बरुणको अभिनय देख्न सकिन्छ । भिडियोमा मोडल पुजन घिमिरेलाई नेपाली चोली र फरियामा आकर्षक श्रृगार सहित उतारिएको छ । गीतमा बालकलाकार ओजस्वी दुलालको समेत अभिनय रहेको छ ।
गीतमा शब्द तथा संगीत राजकुमार श्रेष्ठ र एरेन्ज पुष्कर सुनवारको रहेको छ । गीतमार्फत गीतकार श्रेष्ठले एउटा गाउँकी केटीको चन्चले पनको वर्णन गरेका छन् । भिडियोमा भने सुजन श्रेष्ठको छायाँकन र अर्जुन पोखरेलको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण