शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

गुट समाप्त नभएमा पार्टी समाप्त हुन्छ : सुजाता कोइराला

आइतबार, २७ पुस २०७६, १९ : ५८
आइतबार, २७ पुस २०७६

भक्तपुर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले  गुट समाप्त नभएमा पार्टी समाप्त हुने बताकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन भक्तपुरले आज यहाँ आयोजना गरेको ‘जिपी कोइरालाको जीवनवृत्त एवं परिचर्चा’ विषयक अन्तरक्रियामा  उनले काँग्रेस बनाउन काँग्रेसभित्रका गुटलाई समाप्त गर्नुपर्नेमा जोड दिइन् ।

फाउण्डेशनका केन्द्रीय अध्यक्ष  कोइरालाले बहस र छलफलका माध्यमबाटै पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्छ भन्दै देशको सीमा मिचिँदा सरकारसँगै काँग्रेस नेतृत्वले पनि आवाज उठाउनुपर्नेमा चुकेको बताइन् ।

कोइरालाले देशको सीमा मिचिँदा सरकार भने राष्ट्रवादको कुरामै सीमित भएको आरोप लगाउँदै  भनिन्, “देशको भूमि छिमेकीले हडपिसक्यो तर सरकार भने एक इञ्च पनि छोडिँदैन भनेर राष्ट्रवादको स्वाङ गरिरहेको छ ।” 

कार्यक्रममा अर्थशास्त्री डा विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसिसीबारे विस्तृत चर्चा गरिन् ।  पूर्वराजदूत जयराज आचार्यले सङ्क्रमणकालीन अवस्थामा पनि प्रधानमन्त्री भएका बेला गिरिजाप्रसाद कोइरालाले देशको आर्थिक विकासमा जोड दिएको बताए । 

कार्यक्रममा  काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र  फाउण्डेशनका भक्तपुर अध्यक्ष विदुरमानसिंह बस्नेतले नेपाली राजनीतिमा स्व कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप