गुट समाप्त नभएमा पार्टी समाप्त हुन्छ : सुजाता कोइराला
भक्तपुर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले गुट समाप्त नभएमा पार्टी समाप्त हुने बताकी छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन भक्तपुरले आज यहाँ आयोजना गरेको ‘जिपी कोइरालाको जीवनवृत्त एवं परिचर्चा’ विषयक अन्तरक्रियामा उनले काँग्रेस बनाउन काँग्रेसभित्रका गुटलाई समाप्त गर्नुपर्नेमा जोड दिइन् ।
फाउण्डेशनका केन्द्रीय अध्यक्ष कोइरालाले बहस र छलफलका माध्यमबाटै पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्छ भन्दै देशको सीमा मिचिँदा सरकारसँगै काँग्रेस नेतृत्वले पनि आवाज उठाउनुपर्नेमा चुकेको बताइन् ।
कोइरालाले देशको सीमा मिचिँदा सरकार भने राष्ट्रवादको कुरामै सीमित भएको आरोप लगाउँदै भनिन्, “देशको भूमि छिमेकीले हडपिसक्यो तर सरकार भने एक इञ्च पनि छोडिँदैन भनेर राष्ट्रवादको स्वाङ गरिरहेको छ ।”
कार्यक्रममा अर्थशास्त्री डा विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसिसीबारे विस्तृत चर्चा गरिन् । पूर्वराजदूत जयराज आचार्यले सङ्क्रमणकालीन अवस्थामा पनि प्रधानमन्त्री भएका बेला गिरिजाप्रसाद कोइरालाले देशको आर्थिक विकासमा जोड दिएको बताए ।
कार्यक्रममा काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र फाउण्डेशनका भक्तपुर अध्यक्ष विदुरमानसिंह बस्नेतले नेपाली राजनीतिमा स्व कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण