स्पेनका प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद विस्तार
सोमबार, २८ पुस २०७६, १३ : ५६
एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रिपरिषदका सदस्यहरुको नामावली सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक गरिएका २२ मन्त्रीहरु मध्ये ११ जना महिला र ११ जना पुरुष रहेको समाचारमा जनाइएको छ ।
उनले आफू नेतृत्वको गठबन्धन सरकारले बहुपक्षीय सुझाव सल्लाहलाई आधार मानेर स्पष्ट मार्गमा हिड्ने बताएका छन् । प्रथम उपाध्यक्षमा कार्मेन काल्भो, गृहमन्त्रीमा फेर्नान्डो ग्रानड मार्लास्का र अर्थ मन्त्रीमा मारिया जेसस मेन्तेरोलाई नियुक्त गरिएको छ ।
त्यसैगरी अरान्चा गोन्जालेज लाया नयाँ विदेशमन्त्री बन्नुभएको छ भने जुयन कार्लोस काम्पोले नयाँ न्यायमन्त्री र मार्गारिता रोब्लेसले नयाँ रक्षामन्त्रीको जिम्मेबारी पाएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण