च्यासल र एपीएफको बराबरी
सोमबार, २८ पुस २०७६, १८ : १२
काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
दशरथ रंगशालामा सोमबार भएको दोस्रो खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । तुलनात्मक रुपमा राम्रो खेलेको च्यासलले बढी मौका खेरफालेको थियो ।
बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । एपीएपका राजन गुरुङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै ६ खेलबाट ६ अंक बनाएको च्यासल १०औं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण