माघ २ मा भूकम्पीय सुरक्षा दिवस, यस्तो छ तयारी
काठमाडौँ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ यसवर्ष २२ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । विसं १९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा यसवर्ष विविध कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
गृहमन्त्रीको नेतृत्वमा रहेको मूल समारोह समितिले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेको छ । सोमबार शहरी विकास तथा भवन निर्माण विभागमा गरिएको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक एवं मूल समारोह समितिका प्रचार प्रसार उपसमितिका संयोजक मणिलाल गेलालले देशव्यापी रुपमा व्यवस्थित र प्रभावकारी कार्यक्रम गर्ने जानकारी दिए ।
आगामी माघ २ गते मूल आयोजक समितिले भक्तपुरमा ¥याली सहित औपचारिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली लगायतका ब्यक्तित्वहरुको सहभागिता रहनेछ ।
यस्तै देशका संघ, प्रदेश तथा स्थानीय तहमा भूकम्पीय सुरक्षाबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने महानिर्देशक गेलालले जानकारी दिए । मूलसमारोह समितिले राजधानीमा गरिने कार्यक्रम, जिल्ला स्तरमा गरिने कार्यक्रम र पालिका स्तरमा गरिने कार्यक्रमको विवरण सार्वजनिक गरेको छ । जसअन्र्तगत भूकम्पीय सुरक्षा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम, प्रभातफेरी, बृतचित्र प्रर्दशनी, फोटो प्रर्दशनी, छलफल, गोष्ठि जस्ता कार्यक्रम गर्ने तयारी रहेको महानिर्देशक गेलालले जानकारी दिए ।
कार्यक्रममा उनले राष्ट्रिय भवन संहिता कार्यान्वयन आएपछि देशभरी भूकम्प प्रतिरोधी घर बन्न थालेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण