मिटरब्याजीको घरमा सुरक्षा टोलीको छापा
सर्लाही । प्रहरी हिरासतमा रहेका मिटरब्याजका आरोपी रामबाबु राय यादवको घरमा आज सुरक्षा टोलीले छापा मारेको छ । बरहथवा नगरपालिका–१० सीतापुरस्थित यादवको घरमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले छापा मारेको हो ।
अनुसन्धानका क्रममा आवश्यक कागजात सङ्कलन गर्न अभियुक्त यादवको घरमा खानतलासी भइरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । “अनुसन्धान जारी रहेकाले यादव विरुद्धको आरोपसँग सम्बन्धित कागजात फेलापर्छ की भनेर घर खानतलासी गरेका हौँं”, उनले भने, “केही कागजात फेला पारेका छौँ, यस सम्बन्धी अनुसन्धान हुन्छ ।”
ऋण प्रवाह गर्दा चर्को ब्याज असुलेको, ऋण दिँदा पाँच गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरिसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्ट्रीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको भन्दै सर्लाहीबाट पीडितको एक समूह गत मङ्गलबार काठमाडौँ पुगेर राजनीतिक दलका नेतासहित गृहमन्त्री रामबहादुर थापा एवं नेपाल प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीसँग गुनासो गरेपछि प्रहरीले गत बुधबार हरिपुरबाट यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी उपरीक्षक पोखरेलका अनुसार यादवलाई तत्काल सुरक्षाकर्मीमाथि दुव्र्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
यादवविरुद्ध गृहमन्त्रालयमा ठगीको उजूरी परिसकेको र जिल्ला प्रहरी कार्यालयमा समेत पीडितले उजूरी दिएका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण