बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को नाम र राजधानीको टुंगो हिउँदे अधिवेशनबाट लाग्ने

मङ्गलबार, २९ पुस २०७६, १६ : ०९
मङ्गलबार, २९ पुस २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक भूमिश्वर ढकालले प्रदेश नम्बर पाँचको नाम र राजधानी हिउँदे अधिवेशनबाट टुंग्याइने बताएका छन् ।

 उनले भने, ‘प्रदेश सभाबाट गठित प्रदेशको नामाकरण र केन्द्र निर्धारण गर्ने विशेष समितिले प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदन प्रदेशको आगामी माघ ५ गते हुने ५ औं अधिवेशनमा प्रस्तुत हुन्छ । सोही प्रतिवेदन अनुसार प्रदेश ५ को नाम र स्थायी राजधानी घोषण गरिनेछ ।’

सचेतक ढकालले प्रदेश सभाको यो बिषयलाई पार्टीलाई ह्विप नलाग्ने बताउँदै प्रदेश सभाको एकताबाटै राजधानी तय गर्ने बताए । 

उनले प्रदेशका १२ वटै जिल्लाका जनतालाई अपनत्व गर्ने किसिमले राजधानी तय गर्ने जिकिर पनि गरे । 

बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै ढकालले प्रदेश सभाबाट गठित समितिले १२ वटै जिल्लामा राजनीतिक दल, समाजसेवी, बुद्धिजीविहरुसंग राय–सुझाव लिएको बताउँदै संकलन भएको सुझावलाई हेरेर प्रदेशको नाम र राजधानीको टुङ्गो गर्ने बताए । उनले माघ ४ गते संसदीय दलको बैठक बस्ने समेत जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामाकरणको बिषयमा धेरै छलफल र बहस भैसकेकोले यसलाई कुनै हालतमा पनि आउदो बैठकबाट टुंगो लगाउनु पर्नेमा जोड दिइन् । 
 उनले कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बताइन् । 

कार्यक्रममा समाजवादी पार्टीका सचेतक सन्तोष कुमार पाण्डेले गौतम बुद्धको भूमि लुम्बिनीलाई नै प्रदेशको नामाकरण गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधार सम्पन्न रहेको हालको अस्थायी राजधानी  बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्नेमा पनि जोड दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप