‘तोकिएको समयमा काम सम्पन्न नगर्नेलाई कारवाही’
मङ्गलबार, २९ पुस २०७६, २१ : २३
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारबाट सञ्चालित कुनै पनि योजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने निर्देशन दिएका छन् । जोरायल गाउँपालिका वडा नं २ बुडरस्थित रामपुर माविमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेटबाट जिल्लामा सञ्चालन भइरहेका सम्पूर्ण योजना तोकिएको समयमै सम्पन्न गरिसक्नुपर्ने बताए ।
उनले भने, “प्रदेश सरकारको बजेटबाट छनोट भएका योजनामा हामी कडा अनुगमन गर्दै छौँ, तोकिएको समयमा काम नसके कारवाही गछौँ ।” उनले बुडरको रामपुर माविमा रु ९८ लाख १४ हजारमा निर्माण भएको आठकोठे भूकम्प प्रतिरोधी भवनको समेत उद्घाटन गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण