विप्लवको ४ लाख लुटेको प्रहरीमाथि आरोप
अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छिन् विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् ।
अघिल्लो साँझ भुजेल र कार्यालय सचिव सुमनसिंह पौडेल सुनसरी इञ्चार्ज प्रज्वलसहित दाइको घरमा बास बसेका थिए ।
यसअघि शुबार स्थानीय दुई जना कार्यकर्ता गिरफ्तार भए पनि त्यसको खबर पाउन सकिएको थिएन । शनिबार बिहान ७ः३० बजे बास बसेको स्थानबाट निस्किनासथा सादा पोशाकका प्रहरीले मोटरसाइकलमा पिछा गरी ५ मिनेटमै पेस्ताल ताक्दै ‘रोक्–रोक्’ भन्दै घेरा हाली बबिन्द्र नेम्वाङको टोलीले समातेको बताइन्छ ।
गिरफ्तार गर्नासाथ बराह इप्रकामा लगिँदा उनीहरुको साथमा चार लाख ३० हजार नगद र डायरी थियो । मुचुल्का ३० हजारको मात्र बनाइ ४ लाख दाखिला नगरिएको आरोप प्रहरीमाथि लागेको छ ।
मुचुल्काको एक ठाउँ खाली रहेको तर उनीहरुले थप षड्यन्त्रको अनुमान नगरेको बुझिएको थियो । पुस १३ गते त्यही खाली ठाउँमा १ वटा कट्टा पेस्तोल थपेर अदालतमा पेस गरिएको विप्लव समूहको दाबी छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण