पुससम्म २० अर्बको सेयर निष्कासन
बिहीबार, ०२ माघ २०७६, ०६ : ५५
चालू आर्थिक वर्षको पुषसम्ममा १६ कम्पनीले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन अनुमति पाएका छन् । यो सार्वजनिक निष्कासन मत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो ।
चालू आवको पुससम्ममा सार्वजनिक निष्कासन अनुमतिप्राप्त रकममध्ये १६.५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको हो ।
नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था गरेसँगै ऋणपत्र निष्कासनमा वृद्धि देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
चालू आर्थिक वर्षको पुससम्ममा सार्वजनिक निष्कासनतर्फ भने गिरावट आएको छ । यो अवधिमा एक जलविद्युत् कम्पनीले करिब ३३ करोड ५१ लाख रुपैयाँ बराबरको निष्कासन अनुमति पाएकोमा सर्वसाधारणमा केबल सात करोड रुपैयाँमात्र बिक्री भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण