कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? होस् गर्नुस् यस्तो छ भारतीय नेटवर्किङको ठगी धन्दा
तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला । छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ! भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ । पछिल्लो समय राम्रो रोजगारी मिलाइदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर भारत लैजाने घटना बढ्दै गएको छ ।
स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । यसरी ठगिएका युवायुवती सुरक्षाका डरले खुलेर बाहिर आउन सकेका छैनन् । रोजगारीको लोभ देखाएर भारतसम्म पु¥याउने काम नेपालीबाटै हुन्छ ।
उनीहरुले गाउँघरका सोझा र बेरोजगार युवायुवतीलाई कपडा कम्पनीमा लुगा मिलाउने काम दिने भन्दै भारत पु¥याएर अलपत्र पार्ने गरेका छन् । भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली युवायुवतीलाई ठगिरहेको खुलासा भएको छ । यो समाचार आजको राजधानी दैनिकमा एमके माझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण