रुकुमपूर्वमा पुनः हिमपात, दैनिकी कष्टकर
काठमाडौं । रुकुमपूर्वमा आज पुनः हिमपात भएको छ । पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन् । मङ्सिरको अन्तिम साताबाट हिमपात शुरु गरेको हिउँ लगातार हप्ताहप्तामा परिरहेको छ ।
हिमपातका कारण जिल्लाका पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडा तथा भुमेका केही क्षेत्रहरु प्रभावित भएका छन् । केहि हप्ता यता लगातार रुपमा भइरहेको वर्षा र माथिल्लो क्षेत्रमा भएको हिमपातले जिल्लावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।
हिमपातका कारण पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्रहरु प्रभावित बनेका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै पुनःआज हिमपात भएपछि मानिस बाहिर निस्कन नसकेको वडा नम्बर १ मैकोटका कर्मशाही घर्तीले बताए।
बाक्लो हिउँ जमेकै कारण नागरिकका दैनिकी पनि ठप्प बनेको उनले बताए । हिउँले सबै जमीन छोपेपछि पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव भएको स्थानीयले बताएका छन् ।
पटकपटकको वर्षा र हिमपातले जिल्लामा विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको छ । हिमपातकै कारण विकास निर्माणका कामलगायत सडक पनि अवरुद्ध भएका छन् । सडकमा चारदेखि पाँच फिटसम्म हिउँ जमेकै कारण मङ्सिरको अन्तिम साता अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन ।
यता आकाशे पानीको भरमा खेती गर्ने किसानलाई भने हिमपात र वर्षाले निकै राहत मिलेको छ । पटक पटक भएको हिमपात र वर्षाले यस वर्षको बालीनाली सप्रने भन्दै जिल्लाका किसानहरु खुशी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण