अपशब्द प्रयोग गरेको भन्दै तीन दिनसम्म विष दिएर श्रीमानको हत्या
एजेन्सी : अमेरिकाको दक्षिण क्यारोलिना शहरमा एक महिलाले आफ्नो श्रीमानलाई विष दिएर हत्या गरेकी छिन् । उनले श्रीमानलाई आँखामा हाल्ने औषधि पानीमा हालेर तीन दिनसम्म पिउन दिएपछि उनको श्रीमानको मृत्यु भएको हो ।
समाचारका अनुसार ५३ वर्षीया लाना स्यू क्लेटनले बिहिबार आफूले पानीमा विष मिलाएर श्रीमानको हत्या गरेको स्वीकार गरेकी छिन् ।
जासुसका अनुसार लाना क्लेटनले आफ्नो श्रीमान स्टीवन क्लेटनलाई भिजाइन (आँखामा हाल्ने औषधि) मिलाएर पानी पिलाउने गरेको स्वीकार गरिन् । उनले २०१८ को जुलाईमा तीन दिनसम्म उक्त औषधि मिसाएर पानी पिलाएको र उनको मृत्यु भएको स्वीकार गरिन् ।
लानाले उनका श्रीमानले उनलाई अपशब्द बोल्ने गरेको र आफ्नो श्रीमानको हत्या गर्न नचाहेको पनि उनले बताएकी छिन् ।
अदालतमा लानाका वकिलले लाना सानै उमेरमै ग्राहकबाट उनी बलात्कृत भएकी थिइन् । त्यसपछि फेरि सैन्य अड्डामा पनि उनको बलात्कार भएपछि उनको मानसिक अवस्था ठीक नभएको र उनले अगस्ट २०१८ मा आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण