विदेशिएका युवाको कथामा ज्ञानेन्द्रले बनाए ‘विद्रोह’ गीत
आइतबार, ०५ माघ २०७६, १३ : ३१
काठमाडौं । गायक ज्ञानेन्द्र अधिकारीले नयाँ गीत ‘बिद्रोह’ सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले यो गीत बाहिर ल्याएका हुन् । गीतमा विदेशीएका नेपालीहरुको पीडा व्यक्त गरिएको छ ।
एकसमय बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन समेत बसेका गायक अधिकारीले गीतमा रोजगारीका लागि युवाहरुलाई विदेशमा बेच्ने व्यवस्था ठीक नभएको बताएका छन् ।
गीतमा अधिकारीले रोजगारीको सिलसिलामा अष्ट्रेलिया, युरोप, अमेरिकादेखि खाडी मुलुकसम्म दुःख गर्ने नेपालीलाई स्वदेश फर्कन समेत आह्वान गरेका छन् । गीतको भिडियो सुरेन सृजनले निर्देशन गरेका हुन् भने सम्पादन मनिस कार्कीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण