पूर्वपत्नी अमृतासँग छुट्टिँदाको पीडा यसरी पोखे सैफले
पटौदी खानदानका नवाब सैफ अली खान र करीना कपूरको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ । उनीहरुको एउटा छोरा पनि छन् ।
तर, करीना सैफकी दोस्री पत्नी हुन् । उनले पूर्वपत्नी अमृता सिंहसँग सम्बन्धविच्छेद भएपछि करीनासँग विवाह गरेका थिए । सन् १९९१ मा विवाह गरेका अमृता र सैफको २००४ मा सम्बन्धविच्छेद भएको थियो ।
सम्बन्धविच्छेद भएको १६ वर्षपछि पुनः एकपटक सैफले अतितलाई सम्झिएका छन् ।
सैफ अली खानले आफ्नी पूर्वपत्नी अमृतालाई लिएर खुलेर बताएका छन् । उनले भर्खरै एउटा अन्तरवार्तामाको क्रममा सैफ निकै भावुक भएका छन् ।
उनले आफ्नी पूर्वपत्नी अमृतासँग टाढिनुको पीडा बताउँदै भने, ‘त्यो समय मेरो लागि निकै कठिन थियो । आफ्नो छोराछोरीसँग टाढा हुदाँको पीडा कस्तो हुन्छ मैलेभन्दा धेरै कसैले सम्झिन सक्दैन । मेरो तीन जना छोराछोरी छन् तिनीहरुलाई म निकै माया गर्छु ।’
सैफ छिट्टै आफ्नो अर्को फिल्म ‘जवानी जानेमन’ मा पिताको भूमिकामा देखिदैछन् । उनले उक्त फिल्मको बारेमा कुराकानी गर्दै अमृतासँग टाढा हुँदाको पीडा सेयर गर्दै भने, ‘आज पनि त्यो पीडादायी पललाई भुल्न सकेको छैन । जो कोहि बालबालिकाको लागि परिवारको साथ हुनु निकै महत्वपूर्ण कुरा हो तर मेरो छोराछोरीले त्यस्तो मायाबाट बन्चित हुनुपर्यो ।’
सैफले एउटा परिवारको दुई जना छुट्टिदा छोराछोरीमा कस्तो असर पर्छ भन्ने कुरा बुझ्न निकै कठिन हुन्छ । र त्यसमा आमाबाबुको भावनालाई बुझ्न झनै कठिन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनता सजग नभए संविधानमा हुने प्रतिगामी संशोधन रोक्न सकिँदैन : प्रदीप ज्ञवाली
-
एआई क्यामेरामार्फत ५९ जना पक्राउ, जेनजी प्रदर्शनमा लुटिएका १८५ हतियार बरामद
-
कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा, वैदेशिक व्यापार लागत घट्ने अपेक्षा
-
हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड
-
तेल आपूर्तिका सबै विकल्प कमजोर, विश्व बजारमा थप संकटको खतरा
-
काठमाडौँमा लागुऔषधको मुद्दा २ सयले बढ्यो, १ हजार ७३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण