‘लेट्स डान्स’को विजेता बनिन् दीपिका
काठमाडौं । अमरकला केन्द्रद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’को चौथो संस्करणको विजेता काठमाडौंकी दीपिका मगर भएकी छिन् ।
काठमाडौको राष्ट्रिय नाचघरमा ४ सय जना सहभागी प्रतिस्पर्धी रहेको कार्यक्रममा उनले उपाधि हासिल गर्न सफल भएकी हुन् । मगरले उपाधिका साथमा पचास हजार नगद, ट्रफि, सिल्डमेडल र प्रमाणपत्र हात पारेकी छिन् ।
प्रतिनिधि सभाका संसद रामकुमारी झाँक्रिको प्रमुख आतिथि र महेश गोदार र प्रशान्त तामाङ्ग निर्णायक रहेको प्रतियोगितामा फस्ट रनरअप सगुन श्रेष्ठ, सेकेन्ड रनर अप सन्जु तामाङ्ग, थर्ड रनरअप प्रसन्ना पराजुली, फोर्थ रनरअप रश्मी विष्ट भए । यी सबै विजेताले क्रमस पच्चिस हजार, पन्ध्र हजार र पाँच पाँच हजार नगद सहित प्रमाण पत्र प्राप्त गरे ।
बालबालिकाहरुको यो प्रतिभालाई अगाडि ल्याउने मन्चको रुपमा ‘लेट्स डान्स’को सुरुवात भएको कार्यक्रम निर्देशक राज श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण