सरस्वतीमाथि मनाङको कठिन जित
शुक्रबार, १० माघ २०७६, १५ : २६
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले कठिन जित निकालेको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङले रेलिगेसनको पिडामा रहेको सरस्वती युथ क्लबलाई १–० गोलले हरायो ।
मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । विमलले ४६औं मिनेटमा गोल गरेका थिए । सरस्वतीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेन । जितसँगै मनाङ तेस्रो स्थानमा उक्लिएको छ ।
मनाङको आठ खेलबाट १६ अंक छ । मनाङसँगै शीर्ष स्थानको त्रिभुवन आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि १६ अंक छ ।
मच्छिन्द्र र मनाङ गा्ेल अन्तरका आधारमा पछि छन् । एक अंकमा सीमित सरस्वती तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण