गण्डकी प्रदेश प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ बन्दैछ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ गण्डकी प्रदेश बन्दै गरेको बताएका छन् । लमजुङ बेँसीशहर नगरपालिका–१० खासुर सामुदायिक घरवास उद्घाटन कार्यक्रममा उनले जातजाति, भाषा, संस्कार संस्कृति विश्वमै नेपाल रहेको र यसमध्ये पनि गण्डकी प्रदेश रहेको बताए ।
राष्ट्रिय संस्कृतिमा पनि यस प्रदेशको नेतृत्व रहेको बताउँदै उनले भने, “सांस्कृतिक निर्माण र भाषाको विकास गर्नमा गण्डकी प्रदेशसम्पन्न छ ।”
प्रकृति र संस्कृतिको अनुपम सङ्गम ईश्वरको वरदानका रुपमा रहेको गण्डकी प्रदेशलाई विकास गर्नका लागि प्रदेश सरकार अघि बढेको उनले बताए । मुख्यमन्त्री गुरुङले भने, “प्रदेशका घरवासले भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागिसमेत मद्दत पुगेको छ ।”
यस खासुर गाउँमा १० घरवास सञ्चानमा रहेका छन् । यहाँ करिब ८० जना पर्यटकको क्षमताको रहेको घरवास सञ्चालक दूधप्रसाद घलेले बताए। उनका अनुसार यस गाउँमा १५३ वटा घरधुरी छन् । यहाँ गुरुङ, मगर, तामाङ, दलित, भुजेल समुदायको बसोबास छ । नौ गुरुङ र एक दलित समुदायको घरवास छ । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाललगायत विभिन्न रमणीयस्थल देख्न सकिन्छ । यस घरवासमा आएका पर्यटकलाई गुरुङ समुदायको कृष्ण चरित्र, झ्याउरे, घाँटुलगायत नृत्य प्रस्तुत गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण