एनआरटीसँग गोलरहित बराबरीमा रोकियो आर्मी
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लक एनआरटीसँग बराबरीमा रोकिएको छ ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले १० खेलाडीमा समेटिएको एनआरटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । आर्मीले लगातार गोल गर्ने अवसर खेर फालेको थियो । आर्मीको प्रयासमा एनआरटीको रक्षापंक्ति बाधक बनेको थियो ।
आर्मीको लगातार प्रहारलाई विफल पारेका एनआरटीका गोलरक्षक अजित प्रजापति म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । दोस्रो हाफको इन्जुरी समयमा एनआरटी १० खेलाडीमा समेटिएको थियो ।
एनआरटीका अफ्रिकी खेलाडी जुनियर निकेनगुए दोहोरो पहँेलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । तरपनि आर्मी बराबरीमा चिक्त बुझाउन बाध्य बन्यो । बराबरीसँगै आर्मीले शीर्ष स्थानमा तीन अंकको अग्रता लिने मौका गुमाएको छ । आठ खेलपछि १७ अंक बनाएको आर्मी शीर्ष स्थानमा यथावत छ । १२ अंक बनाएको एनआरटी छैटौं स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका मच्छिन्द्र र मनाङको समान १६ अंक छ । आर्मीको बराबरीले उपाधि होड झनै रोचक बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण