कोरोना भाइरसको आशंकामा थप दुई जनाको स्याम्पल हङकङ पठाइयो
काठमाडौँ । चीनबाट नेपाल फर्किएका थप दुई जना बिरामीलाई कोरोना भाइरस संक्रमणको भएको आशंका गरिएको छ । स्वास फेर्न गारो हुने, ज्वरो आउने, खोकी लाग्ने समस्या भएर दुई जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउन आएका थिए ।
दुई जना बिरामीलाई कोरोना भाइरसको शंका लागेर एक जना महिला र एक जना पुरुषको परीक्षणको लागि स्याम्पल हङकङ पठाएको अस्पतालले जनाएको छ ।
दुई जनाको टेकु अस्पतालको आइसोलेनस वार्डमा उपाचार भइरहेको छ । स्याम्पलको परीक्षणको रिर्पोट आएपछि कोरोना संक्रमणबारे थाहा हुने अस्पताल स्रोतले जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरस नेपालमा एक बिरामीमा देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन जानकारी दिएको थियो । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जना मृत्यु भएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरिया, अस्ट्रेलिया अमेरिकासम्म फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण