कतारपछि धेरै रेमिट्यान्स भारतबाट
भारतबाट अनौपचारिक माध्यमबाट नेपाल भित्रिने पैसा औपचारिक रूपमै आउन थालेपछि पछिल्लो समय दक्षिणी छिमेकबाट आउने विप्रेषण बढ्न थालेको छ । पछिल्लो समय नेपाली रेमिट्यान्स कम्पनीले भारतबाटै सेवा प्रदान गर्दै आएका छन्, जसको फलस्वरूप पछिल्लो समय कुल विप्रेषण आप्रवाहमा भारतको अंश पनि बढ्दै गएको देखिन्छ ।
गत आर्थिक वर्ष २०७५र७६ मा भारतबाट रू. १ खर्ब २८ अर्ब विप्रेषण नेपाल भित्रिएको छ, जुन कुल विपे्रषण आप्रवाहको १४ दशमलव ६२ प्रतिशत अंश हो । गत आवमा रू. नेपालमा ८ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएको थियो । आव २०७४र७५ मा कुल विप्रेषण आप्रवाहमा भारतको १३ दशमलव ३८ प्रतिशत अंश थियो ।
नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनअनुसार चालू आवको पहिलो चौमासमा नेपालमा विप्रेषण पठाउने मुलुकमध्ये भारत दोस्रो स्थानमा छ । पहिलो चौमासमा भारतबाट रू. ४३ अर्ब १६ करोड नेपाल भित्रिएको छ, जुन समीक्षा अवधिमा भित्रिएको कुल विप्रेषणको १४ दशमलव २ प्रतिशत अंश हो ।
पहिलो स्थानमा रहेको कतारदेखि भने पहिलो चौमासमा रू. ५३ अर्ब ९३ करोड आएको छ । कुल विप्रेषणमा कतारको हिस्सा १७ दशमलव ७ प्रतिशत छ । तथ्यांकअनुुसार कुल विप्रेषणमध्ये खाडी मुलुकहरूको अंश ५० दशमलव ३ प्रतिशत छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण