म्याद गुज्रेका पार्टीले राम्रो होइन, ‘रिएक्सन’ गर्छन : सिके राउत
बुटवल । जनमत पार्टी अध्यक्ष सिके राउतले नेपालमा रहेका राजनीतिक दलहरुलाई म्याद गुज्रेको पार्टी भनि टिप्पणी गरेका छन् ।
उनले नेकपा, काँग्रेस, समाजवादी र राष्ट्रिय जनता पार्टी लगायतलाई म्याद गुज्रेको औषधीसँग तुलना गरे ।
जनमत पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा राउतले यस्ता म्याद गुज्रेका पार्टीले राम्रो गर्नेभन्दा पनि अब ‘रिएक्सन’ गर्ने बताए ।
मधेश आन्दोलनको दौरान रुपन्देहीको बेथरी, बेलहिया लगायतका क्षेत्रमा मारिएका शहिदहरुका स्मरणमा भैरहवामा आयोजना गरिएको आमसभामा राउत आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रबाट आएका स्थानीयलाई स्म्बोधन गर्दै उनले जनताको भरोसकाको रुपमा अब एक मात्र जनमत पार्टी रहेको बताए ।
मधेश आन्दोलनमा मारिएका शहिद र आम मधेशी जनताको मूख्य माग अहिले पनि पुरा नभएको बताउँदै राउतले अहिलेको मधेशी पार्टीले शहिदहरुको बलिदानको मोलतोल गरेको आरोप लगाए ।
जनमत पार्टीका केन्द्रय स्तरका नेताहरुको ब्यापक सहभागीता रहेको सभामा राउत संगै पार्टीका प्रवक्ता अब्दुल खाँन, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक भोपेन्द्र यादव लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण