सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं । रुपन्देही र सुर्खेतमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका-४ सुईलिहवास्थित सडकमा लु.१ ख ६७४५ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना.२ ख ८४८१ नम्बरको ट्रक र ना.५ ख ७८५६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ना.२ ख ८४८१ नम्बरको ट्रकको चालक सुन्सरी चतरा बस्ने ३५ वर्षीय पूर्ण बहादुर भुजेल लगायत ३ जनाको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका-४ मसुरीखेत चोकस्थित सडकमा भे.१ ख २२४२ को नम्बरको टिपरले भे.६ प २१७८ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कालिकोट महाबै गाउँपालिका-३ सिमखेत बस्ने २० वर्षीय केशर बहादुर सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण