ट्रिपरको ठक्करबाट युवकको मृत्यु भएलगत्तै युवतीले गरिन् आत्महत्या !
मङ्गलबार, १४ माघ २०७६, २२ : ३३
४
सुर्खेत । सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् ।
मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र आज दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए ।
नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो । स्थानीयवासी र मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोध गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
बागमतीको संसदीय समितिमा राप्रपाले गर्यो मनोनयन दर्ता
-
प्रचण्ड र ओलीसँग सशङ्कित कांग्रेस, विश्वासको मतमा अवरोध गर्ने योजना
-
करार कर्मचारीलाई निकालेपछि ट्रेड युनियन कांग्रेस धादिङले गर्यो भर्त्सना
-
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल
-
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति