रजनीकान्तलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग, आखिर किन ?
भारतका दिग्गज कलाकार रजनीकान्तले हालै चर्चित सर्भाइभल शो ‘म्यान भर्सेस वाइल्ड’को सुटिङका लागि चर्चा बटुलेका थिए । हलिउडका कार्यक्रम प्रस्तोता बेयर ग्रिल्सको शोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिएका थिए अब रजनीकान्त पनि यो कार्यक्रममा देखिने भएका छन् ।
रजनीकान्त स्टारर एपिसोडको सुटिङ कर्नाटकको बान्दीपुर नेशनल पार्कमा भयो । यद्यपि, यो कुरा केही अभियानकर्तालाई मन परेन । यी व्यक्तिले रजनीकान्तको शोको सुटिङमाथि आपत्ति जताएका छन् । यतिमात्रै होइन, उनीहरुले रजनीकान्तलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न पनि माग राखेका छन् ।
किन यस्तो ?
बान्दीपुर नेशनल पार्कमा एउटा टाइगर रिजर्व पनि छ । यसै कारण यी अभियानकर्ताहलाई कार्यक्रमको सुटिङसँग समस्या भएको हो । बान्दीपुर नेशनल पार्कमा बस्ने जनावरलाई खतरा हुनसक्छ भन्दै आफूहरुलाई डर भएको उनीहरुको भनाई छ ।
यतिमात्रै होइन, सुख्खा मौसमका कारण यो नेशनल पार्कमा आगलागी पनि हुनसक्ने जसमाथि नियन्त्रण पाउन मुश्किल हुने भन्दै उनीहरुले आपत्ति जताएका छन् । एक अभियानकर्ताका अनुसार यो एपिसोड आजकालको सुख्खा मौसममा भन्दा मनसुनको समयमा पनि सुट हुन सक्थ्यो ।
रजनीकान्तलाई लाग्यो चोटः
स्मरण रहोस्, रजनीकान्तले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेका छैनन् । म्यान भर्सेस वाइल्सको सुटिङको क्रममा रजनीकान्त घाइते भएको पनि खबर आइरहेको थियो । जबकी रजनीकान्तले त्यस्तो केही ठूलो नभएको र आफूलाई सानो चोट लागेको भनेर स्पष्टिकरण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण