कोरोना भाइरसको सन्त्रासः चीनबाट आउने विदेशीलाई मङ्गोलियामा प्रतिबन्ध
एजेन्सी । कुनै पनि चिनियाँ नागरिक तथा अन्य देशका नागरिकलाई चीनबाट आफ्नो देशमा आउन मङ्गोलियाले प्रतिबन्ध लगाएको छ । मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक यातायात मार्फत् आफ्नो देशमा भित्रिन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरेको छ ।
विनाशकारी कोरोना भाइरसका कारण चीनमा धेरै जनाको मृत्यु भइसकेको र संसार भरी नै पैmलिँदै गएकाले उच्च सतर्कता अन्तर्गत उनीहरूलाई प्रतिबन्ध लगाइएको अधिकारीले जनाएका छन् ।
सो प्रतिबन्ध अहिलेलाई शनिबार अर्थात् फेब्रुअरी १ देखि मार्च २ सम्मका लागि निर्धारण गरिएको पनि समाचारमा जनाइएको छ । सरकारले जारी गरेको वक्तव्यका अनुसार आगामी फेब्रुअरी ६ सम्म चिनियाँ नागरिकलाई स्वदेश फर्किन भने सामान्य रुट नै प्रयोग गर्न पाइने भएको छ ।
त्यसपछि दुई जमिन उड्मा रहेको रेल नाका र राजधानी सहर उल्लान्बातारमा रहेको विमानस्थलबाट मात्रै उनीहरुलाई घर फर्किन दिइने भएको छ । मङ्गोलियामा अहिलेसम्म कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको नभेटिएको अधिकारीले जनाएका छन् ।
मङ्गोलियाले चीनसँगको नाकाबाट कारमा आफ्नो देशमा भित्रिन नदिने व्यवस्था यसअघि नै गरिसकेको थियो । मङ्गोलियामा अहिले विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने सार्वजनिक कार्यक्रमहरू गर्न नपाइने भइसकेको छ ।
सार्वजनिक कार्यक्रम र विद्यालयमा हुने जमघटबाट भाइरस एकबाट अर्कोमा सर्न सक्ने खतरा हुने भएकाले बन्द गरिएको मङ्गोलियाका अधिकारीको भनाइ छ । चिनियाँ स्वास्थ्य अधिकारीकाअनुसार बिहीबार राति अबेरसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र नौ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण