बडीस्प्रेको बोतल पड्किँदा निम्त्याएको कहर (फोटोफिचर)
काठमाडौँ । भारत मोतिहारी घर भएका धर्मनाथ जैसवाल आइतबार बिहान १० बजेतिर ललितपुरको बखुन्डोलस्थित नन्दु जैसवालको कवाडी कारखानामा पुगे । त्यतिबेला त्यहाँ नन्दु मात्र थिए । नन्दुलाई कवाडीको सामान बेच्न पुगेका थिए धर्मनाथ ।

त्यतिबेला नन्दु कवाडी सामानमा रहेको बडीस्प्रेको बोतल फुटाउँदै मिलाउने काम गरिरहेका थिए । धर्मनाथ पनि नन्दुलाई सघाउन बडीस्प्रेको बोतल फुटाउन थाले ।

बडीस्प्रेको बोतल फुटाउने क्रममा निस्केको आगोको झिल्को नन्दुको लागि अभिसाप बन्न पुग्यो । आगोको त्यही सानो झिल्कोले ठूलो दुर्घटना निम्तायो । नन्दुको कवाडी कारखाना खरानी बन्यो ।
आगलागी भएको भन्दै तत्कालै नन्दुले आत्तिदैँ १०० मा प्रहरीलाई फोन गरे । नन्दुले फोन गरेको १५ मिनेटपछि मात्र प्रहरी र ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा पुगेका थिए ।
आगलागीमा परेर धर्मनाथको दायाँ खुट्टा जलेको छ भने नन्दु भाग्ने क्रममा सामान्य घाइते भएका छन् ।
धर्मनाथको ललितपुरस्थित अल्का अस्पतालमा सामान्य उपचारपछि बल्खुस्थित बर्न अस्पताल रिफर गरिएको छ । नन्दुको अल्कामै उपचार भइरहेको छ ।

‘बडीस्प्रे फुटाउँदैदै थियौँ । अचानक आगोको झिल्को देख्यौँ । त्यही झिल्कोले तहसनहस बनायो,’ अस्पतालामा उपचाररत नन्दुले रातोपाटीलाई बताए ।

३० ट्याङ्कर पानीले आगलागी नियन्त्रण
आगो निभाउन ३० ट्याङ्करको पानी प्रयोग गरिएको थियो । सुरुमा घटनास्थलमा ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो । पछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरपालिकाको दमकल पनि पुगेर आगो नियन्त्रण गरेको थियो ।


आगो निभाउन पानीको आवश्यकता धेरै पर्ने भएकाले प्रहरीले बाटोबाटै ट्याङ्कर मोडेर ल्याएका थिए । पानी निभाउनको लागि बाटोबाट उठाएर ल्याएको एउटा ट्याङ्करले कारलाई ठक्करसमेत दिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट सँगै जोडिएको उत्तर कोरियाली दूतावासको बिल्डिङमा समेत सामान्य क्षति पुर्याएको छ । यस्तै आगलागीबाट अन्य तीनवटा घरहरुमा समेत सामान्य क्षति पुर्याएको छ ।


पुस महिनामा मात्रै ललितपुरको ३ कवाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण