विवाहको १२ दिनपछि श्रीमानसँग अलग्गिइन् यी नायिका
हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले जनवरी १९ तारिखमा निर्माता जोन पिटर्ससँग विवाह गरेकी थिइन् जो कुनै जमानाका हेयरड्रेसर थिए ।
उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो । रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो । तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिएका छन् ।
ब्रेक लिन चाहन्थिन् पामेला, त्यसकारण अलग्गिइन्ः
हलिउड रिपोर्टरको एक रिपोर्ट अनुसार पूर्व ‘बेवाच’ स्टार अर्थात् पामेला ब्रेक लिन चाहन्थिन् त्यसकारण उनले जोन पिटर्ससँग १२ दिन अघि भएको विवाह तोडेकी हुन् । जोन र उनका यूनियनका मानिसहरुबाट उनीहरुले जुन प्रेम पाइन् त्यसमा आफू निकै खुसी भएको पामेलाले बताइन् ।
जोनअघि चार विवाह गरिसकेकी छिन् पामेलाः
स्मरण रहोस् जोन पिटर्सअघि पामेला एन्डरसनले चारवटा विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन् । विवाहको तीनवर्ष पछि नै यी दुई अलग्गिए । त्यसपछि पामेलाले किड रकसँग विवाह गरिन् ।
रकसँग विवाह टुटेपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन् । पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो । तर पुनः प्याचअप गरिएको थियो । तर त्यो प्याचअपपनि धेरै दिनसम्म टिक्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण