के मायामा श्रीमानको थप्पड पनि जायज छ ?
एजेन्सी : आजभोलि समाजमा थुप्रै महिलाहरु घरेलु हिंसाको सिकार हुने गरेका छन् । महिलामाथि मारपिट हुनु, मध्यपान गरेर गालीगलौज गर्नु जस्ता क्रियाकलाप एकदमै सामान्य जस्तै भइसकेको छ ।
नेपाली तथा भारतीय समाजका अक्सर महिलालाई सिकाइने संस्कारले महिलालाई हिंसा सहनुपर्छ भन्ने धारणाको विकास गराएको छ । महिलालाई सानैदेखि सहन, कम बोल्न, माफी दिन मात्रै सिकाइन्छ । यदि कुनै महिलाले आफूमाथि भएको हिंसाको बारेमा बोल्न सुरु गरिन् भने उनलाई समाजले चरित्रहिनको धब्बा लगाइदिन्छ ।
कोहि कसैमा यस्तो धारणाको विकास भएको छैन कि महिलाहरु पनि पुरुषजत्तिकै अधिकारको हकदार हुन्छन् । यसै सन्दर्भमा आधारित बलिउड फिल्म ‘थप्पड’ को ट्रेलर रिलीज भएको छ । यो फिल्मको ट्रेलरले समाजमा हुने तिनै हिंसाका घटनालाई उजागर गरेको छ ।
अमृताको भूमिका निभाएकी तापसी पन्नूलाई उनका पतिले थप्पड हान्छन् । एक थप्पडपछि अमृताले श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहान्छिन् । तर, उनका परिवार र समाजले उनलाई एक थप्पडकै कारण सम्बन्धविच्छेद गर्न नहुने सल्लाह दिइरहेका छन् ।
धेरैजसो परिवार तथा आफन्तहरु महिलालाई श्रीमानसँग भएको विवादको समाधान घरभित्रै सल्लाह गरेर समाधान गर्न सल्लाह दिने गर्छन् । र श्रीमानले गर्ने हिंसालाई माया भएको र त्यसलाई सहनुपर्छ भन्ने परिवारको सल्लाहलाई पनि यो फिल्मले देखाउन खोजेको छ ।
तर, कसैले श्रीमानलाई श्रीमतीमाथि हिंसा गर्न नहुने भनेर सिकाउने हिम्मत गर्दैन । थप्पड लगाउनु सामान्य कुरा भए पनि कुनै महिलाको लागि उनको अस्तित्वमाथि कसरी प्रश्न चिन्ह खडा हुन्छ भन्ने कुरा पुरुषले बुझ्न सक्दैनन् । यदि माया, प्रेमको सट्टामा श्रीमतीलाई सम्मान दिन नसक्नु गलत हो ।
फिल्ममा अनुभव सिन्हाको निर्देशन रहेको छ । फिल्ममा तापसीबाहेक रत्ना पाठक शाह, कुमुद मिश्रा, राम कपूर र मानव कौल जस्ता कलाकारको भूमिका रहेको छ । यो फिल्मको रिलीज मिति २०२० को फेब्रअरी २८ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण