दिगो विकास समितिले गर्यो ललितपुर महानगर इजलासको अनुगमन (भिडियो)
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ । समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो । समितिको कार्यसम्पादन कस्तो छ, कस्ता मुद्धाहरु आउँछन्, चुनौतीहरु के छन् ? भन्ने विषयमा बुझ्न अनुगमन गरिएको समिति सभापति तारादेवी भट्टले बताइन् । जनतासँग प्रत्यक्ष सरोकार भएका विषयहरु भएकाले इजलास, फैसला गर्ने तरिका र चुनौतीका विषयमा जानकारी लिनुपर्ने आवश्यकता भएको उनले बताए ।
स्थानीय तहहरुमा गठन भएका न्यायिक समितिहरुबाट जनताले कस्तो सुविधा पाएका छन् भन्ने विषयको जानकारी दिन अनुमगनले सहयोग गर्ने उल्लेख गर्दै सभापति भट्टले इजलासका क्रममा आइपर्ने अफ्ठ्याराहरुका विषयमा समितिलाई जानकारी गराए समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । क्षेत्राधिकार भन्दा बाहिरका मुद्धाहरु बढी आउने भएकाले लक्ष्यअनुसार न्याय दिन नसकिएको गुनासो न्यायीक समितिका पदाधिकारीहरुले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण