बलात्कार आरोपी विदेश भाग्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौँ । विदेश भाग्न लागेका एक बलात्कार आरोपीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।
८ महिनाअघि उनले गजुरीकै स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यतिबेला स्काभेटर चालकको रुपमा कार्यरत उनी सो घटनापछि फरार रहँदै आएका थिए ।
ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार गत जेठ १४ गते बस्नेतले घरको कोठामा सुतिरहेको बखर राति युवतीमाथि बलात्कार गरेका थिए । कोठाको ढोका फुटाएर भित्र पसी मुख समेत थुनेर बोल्न नदिइ उनले बलात्कार गरेका थिए ।
घटनायता फरार रहेका उनी भारतको विभिन्न क्षेत्रमा लुकीछिपी बसेको र पछिल्लो समय त्यहाँबाट फर्किएर वैदेशिक रोजगारीको नाममा कुवेततर्फ भाग्दै थिए ।
ब्यूरोले उनलाई नियन्त्रणपछि सोमबार नै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण