नायिका प्रियंका कार्कीको फोटो राखेर बार्सिलोनाले भन्यो–वी लभ नेपाल
काठमाडौँ । नायिका प्रियंका कार्की हाल युरोप भ्रमणमा रहेकी छिन् । युरोप भ्रमणको सिलसिलामा उनी बार्सिलोनाको फुटबल खेल हेर्नकै लागि स्पेन पुगेकी छिन् ।
नाउ क्यापमा स्पेनिस ला–लिगामा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल उनले हेरेकी थिइन् । गएराति भएको सो खेलमा बार्सिलोना विजयी भएको थियो ।
आफ्ना प्रेमी आयुष्मान देशराजसँगै त्यहाँ पुगेकी उनले दुई दिनअघि आफू बार्सिलोनाको खेल हेर्न निकै उत्साहित रहेको इन्स्टाग्राममार्फत बताएकी थिइन् ।
गएरातिको खेल हेरेपछि बार्सिलोनाले सोमबार आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकाको फोटो सेयर गरेको छ । फोटोको क्याप्सनमा देखिएको छ–वी लभ नेपाल (हामी नेपाललाई माया गर्छौँ) ।’
बार्सिलोनाको फ्यान प्रियंकाको सेयर गरिएको तस्बिरमा उनी भुवादार सेतो पहिरनमा देखिएकी छिन् ।
यसैबीच प्रियंकाले बार्सिलोनामा आयुष्मानसँगको एक प्रेमिल फोटोसहित अन्य केही घुमघामका तस्बिर पनि सार्वजनिक गरेकी छिन् । प्रियंकालाई खेल हेर्ने अवसर चर्चित सामाजिक सञ्जाल भाइबरले जुराएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण