च्यासलसँग हार्यो मनाङ
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन उपाधि होडमा रहेको साविक विजेता मनाङ मस्र्याङ्दी क्लब च्यासलसँग स्तब्ध बनेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मनाङ च्यासलसँग २–० गोलले पराजित भयो ।
लिगमा मनाङको यो पहिलो हार हो । यसहारले मनाङको उपाधि यात्रामा धक्का लागेको छ । मनाङको हारले उपाधिको दौडमा रहेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबलाई फाइदा पुगेको छ ।
च्यासलको जितमा जापानी खेलाडी ताइगा नाकामुरा र सन्तोष साहुखलले एक एक गोल गरे । पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको च्यासलका लागि नाकामुराले २४औं मिनेटमा पहिलोगोल गरेका थिए । नाकामुराले डिबक्स छेउबाट फ्रिकिक मार्फत सोझै गोल गरेका थिए । च्यासलले इन्जुरी समयमा अर्को गोल थपेको हो ।
कप्तान सन्तोषले नाकामुराले उपलब्ध गराएको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए । च्यासलका जापानी खेलाडी हायातो वाकिनो म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पाए ।
हारसँगै तेस्रो स्थानमा रहेको मनाङको १० खेलबाट १७ अंक छ । मनाङलाई हराएको च्यासल समान खेलबाट १२ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको आर्मीको २३ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २२ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण