सुसाइड प्लान्ट : संसारकै सबैभन्दा विषालु विरुवा
संसारकै सबैभन्दा विषालु विरुवा अस्ट्रेलियामा पाइने गिम्पी गिम्पीलाई मानिन्छ । यो विरुवालाई ‘सुसाइड प्लान्ट’ भनेर पनि चिनिन्छ ।
यसको पातहरु हाम्रोतिर पाइने सिस्नोजस्तै मसिनो पोल्ने रौजस्ता काँडाहरुले भरिएका हुन्छन्, जसलाई हाम्रो छालाले छुँदा अत्यन्तै पोल्ने र भत्भताउने खालका हुन्छन् । यसले दिने पीडालाई त कतिपय पीडितले एसिडले पोलेको र विजुलीको झट्का लागेको जस्तो हुने भनी बताएका छन् ।
डेन्ड्रोक्नाइड (Dendrocnide) जिनसमा पर्ने यो विरुवालाई छुँदा पात वा डाँठका खोक्रो झुस हाम्रो छालामा घुस्छ । त्यो घुसेपछि हामीलाई अत्यन्तै पीडादायी डसेको अनुभूति हुन्छ । यो केही घण्टादेखि कैयनदिनसम्म रहिरहन सक्छ । यो कुरा चाहिँ त्यो विरुवाको झुस हाम्रो छालामा कति घुसेको छ भन्ने कुरामा पनि निर्भर गर्छ । कतिपय अवस्थामा त त्यो पीडा महिनौंसम्म पनि रहिरहन सक्छ । अझ त्यो भागलाई छोइँदा, पानी पर्दा वा तापक्रममा परिवर्तन आउँदा पनि अत्यन्तै दुख्ने र पोल्ने हुन्छ ।
त्यो झुस पसेको शरीरको भागमा ससाना राता डाबर तथा फोकाहरु देखापर्न सक्छ ।
यो विरुवाको असरलाई कम गर्नको लागि पानी घोलेर नरम बनाइएको हाइड्रोक्लोरिक एसिडले काम गर्ने गर्छ । त्यसबाहेक, छालामा भिजेका झुसहरुलाई प्लगर वा चिम्चीले निकाल्दा पनि केही राहत मिल्छ । चिम्टीले निकाल्न नसकिने झुसहरुलाई छालामा टेप टालेर तान्दा पनि निस्कन सक्छ । तर छालाभित्र पसेका झुसले चाहिँ लामो समयसम्म दुःख दिन सक्छ ।
Title Photo: https://s3.scoopwhoop.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण